सरकारले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोरोना संक्रमितको उपचार गर्ने कोभिड अस्पताल बनाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार गरेको पत्रकार सम्मेलन गरी सबै सरकारी अस्पताल कोभिड अस्पताल बनाउने निर्णय गरेको जानकारी दिएको हो ।
कोरोना संक्रमण दैनिक उच्च गतिमा बढेको र संक्रमितलाई उपचार गर्ने स्थान अभावपछि मन्त्रालयले सबै सरकारी अस्पताल कोभिड अस्पताल बनाउने निर्णय गरेको मनत्रालयका सचिव लक्ष्मण आर्यालले जानकारी दिए ।
प्रतिक्रिया