Logo

तेस्रो त्रैमासमा कस्तो देखियो गुराँस लाइफ इन्स्योरेन्सको वित्तीय अवस्था ? 



गुराँस लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । जसमा इन्स्योरेन्सको खुद नाफा २४.५१ प्रतिशतले बढेर १० करोड ४२ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यहि अवधिमा इन्स्योरेन्सले ८ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीले ३ अर्ब १ करोड ८८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा १२२.७६ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा इन्स्योरेन्सले १ अर्ब ३५ करोड ५१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । यस अवधिमा इन्स्योरेन्सले लगानी, कर्जा तथा अन्यबाट ६२ करोड ६४ लाख रुपैयाँ, बीमालेख धितोमा कर्जा लगानी गरी ६ करोड १३ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी एक अर्ब ९७ करोड ५५ लाख रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा ५२ करोड ३१ लाख रुपैयाँ, जीवन बीमा कोषमा १० अर्ब ११ करोड ९३ लाख रुपैयाँ र महाविपत्ती कोषमा ५ करोड ५८ लाख रुपैयाँ संचित छ ।

इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ४ पैसा, प्रतिशेयर नेटवर्थ १२९ रुपैयाँ ३१ पैसा र मूल्य आम्दानी अनुपात १०.३९ गुणा छ ।

 

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार ११:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।