Logo

झिनो अंकले शेयरबजार बढ्दा ८ कम्पनीको शेयर मूल्यमा सर्किट बे्रक 



बुधबार शेयरबजार झिनो अंकले बढेर बन्द भएको छ । आज परिसूचक नेप्से ०.५६ अंकले बढेर २६७३.८८ अंकको विन्दुमा बन्द भएको छ । सामान्य अंकले बढेको बजारमा शेयर बजारका परिसूचकहरु भने मिश्रित देखिएका छन् । 

बुधबार २ सय १५ कम्पनीको ६२ हजार ९ सय ७२ पटकको कारोबारमा १ करोड ४८ लाख ५४ हजार ४ सय २२ कित्ता शेयरको खरिदविक्री हुँदा ५ अर्ब ३२ करोड ६० लाख ५२ हजार ८ सय १ रुपैयाँ ४८ पैसा बराबरको कारोबार भएको छ । 

बुधबार नेपाल पूनर्बीमा कम्पनीको सर्वाधिक ३५ करोड १६ लाख २५ हजार १ सय २९ रुपैयाँ बराबरको कारोबार भएको छ । दोस्रोमा एचआइडिसिएलको २६ करोड ९५ लाख ३३ हजार ९ सय ७१ रुपैयाँ बराबरको कारोबार भएको छ । 

०.०२ प्रतिशतले बढेको बजारमा १२ कम्पनीको शेयर ९ प्रतिशत भन्दा धेरैले बढेका छन् भने ८ कम्पनीको शेयरमूल्यमा सर्किट बे्रक लागेको छ । बुधबार साल्ट टे«डिङ कर्पोरेशनका लगानीकर्ताले सर्वाधिक २.२७ प्रतिशतले गुमाएका छन् । 

बुधबारको समूहगत परिसूचक पनि मिश्रित देखिएका छन् । ७ समूहको पसिूचक बढ्दा ६ समूहको पसिूचक घटेका छन् । जसमा उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक १.७१ प्रतिशतले बढेको छ भने व्यापार समूहको परिसूचक सर्वाधिक १.०२ प्रतिशतले घटेको छ । 

बुधबार ८६ कम्पनीको शेयर मूल्य बढ्दा ८९ कम्पनीको शेयर मूल्य घटेको छ । बाँकि ९ कम्पनीको शेयर मूल्उ भने स्थीर रहेको छ । 

 

प्रकाशित मिति : बैशाख २९, २०७८ बुधबार  ३ : ३४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।