नेपालमा कोरोना संक्रमण बढ्दै गएको भन्दै अमेरिकाले आफ्ना देशका नागरिकलाई नेपालको भ्रमण नगर्न ट्राभल एड्भाइजरी जारी गरेको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अमेरिकाले आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न बुधबार ट्राभल एड्भाइजरी जारी गरेको हो ।
नेपालले यसअघि नै सबै अन्तर्राष्ट्रिय उडान बन्द गरिसकेको छ । अमेरीकाले अर्को सूचना जारी नभएसम्म नेपाल भ्रमण नगर्न पनि एड्भाइजरीमार्फत आग्रह गरेको छ ।
प्रतिक्रिया