Logo

थप तिन बैंक ९ अर्ब बराबरको ऋणपत्र जारी गर्ने तयारीमा



तीन वाणिज्य बैंकले नौं अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्नका लागि पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेका छन् ।

बोर्डका अनुसार कृषि विकास बैंक, लक्ष्मी बैंक र माछापुच्छ्रे बैंकले गरी कुल ९ अर्ब रुपैयाँ बराबराको ९० लाख कित्ता ऋणपत्र जारी गर्ने अनुमति माग गर्दै बोर्डमा निवेदन दिएका हुन् ।

ऋणपत्र जारी गर्न अनुमतिका मागेकामध्ये कृषि विकास बैंकले ४ अर्ब, माच्छापुच्छ्रे बैंकले ३ अर्ब र लक्ष्मी बैंकले २ अर्बको ऋणपत्र बिक्रीका लागि अनुमति मागेका छन् ।

कृषि विकास बैंकले ४ प्रतिशत व्याजदरमा ८ र ९ वर्ष अवधिको लागि एग्रिकल्चर बण्ड नामक ऋणपत्र निष्काशन गर्नका लागि वैैशाख १३ गते निवेदन दिएको हो ।

त्यस्तै माछापुच्छ्रे बैंक ले पनि ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशनका लागि बैशाख १५ गते बोर्डमा निवेदन दिएको छ ।

उक्त बैंकले १२ लाख कित्ता सर्वसाधारणको लागि बिक्री गर्नेछ भने १८ लाख कित्ता व्यक्तिगत तबरबाट विभिन्न संघ संस्था तथा व्यक्तिलाई बिक्री गर्नेछ ।

यसैगरी लक्ष्मी बैंकले २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशनको लागि अनुमति माग्दै बैशाख ६ गते निवेदन दिएको छ ।

जारी हुने ऋणपत्रको ८ लाख कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् भने बाँकी १२ लाख कित्ता बैंक आफैँले विभिन्न संघ संस्था तथा व्यक्तिलाई बिक्री गर्नेछ ।

यस ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ ।

 

प्रकाशित मिति : बैशाख २९, २०७८ बुधबार  ३ : ४० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।