ललाई फकाई प्रलोभनमा पारी २ जना महिलालाई भारततर्फ लैजाँदै गरेको अवस्थामा २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सप्तरी कृष्ण सवरन गाउपालिका-४ बनौली बस्ने २९ वर्षीय महम्मद साहिल मन्सुरी र सिरहा लहान नगरपालिका-१९ कटाह वस्ने २९ वर्षीय जिवछकुमार साह रहेका छन् । स्थानीय प्रहरीले सशस्त्र प्रहरी बल समेतको सहयोगमा सुनसरी कोशी गाँउपालिका-८ पूर्वी टोला नाका र भारतको सुपोल जिल्ला भिमनगर-१२ वोर्डर इलाकाबाट ती महिलालाई भारततर्फ लैजाँदै गरेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुले भारत सुपौल भिमनगरस्थित बाबाको मन्दिरमा पूजामा बस्नु पर्ने, पूजामा बसे वापत पारिश्रमिक पाउने, कुनै दु:ख विमार भए सो समेत सञ्चो हुने र पूजा समाप्त हुनासाथ घर फिर्ता गरीदिने भनि प्रलोभनमा पारी ललाई फकाई लिएर गएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
प्रतिक्रिया