पोखराका पत्रकार गणेश पौडेलको कोरोनाका कारण निधन भएको छ ।
गण्डकी टेलिभिजनमा कार्यरत पौडेलको बिहीबार बिहान साढे ५ बजे गण्डकी मेडिकल कलेजमा निधन भएको टेलिभिजनका अर्का पत्रकार अपिल त्रिपाठीले पुष्टि गरे ।
४२ वर्षीय पौडेलमा २० वैशाखमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा कोभिडबाहेक अरु समस्या थिएन । २०६५ सालबाट उनी गण्डकी टेलिभिजनमा कार्यरत थिए ।
यसैबीच नेपाल पत्रकार महासंघ कास्कीले पत्रकार पौडेलको निधनप्रति दुःख व्यक्त गरेको छ ।
महासंघका अध्यक्ष विमला भण्डारीले पौडेलको निधनप्रति दुःख प्रटक गर्दै परिवारजनमा समवेदना व्यक्त गरेकी छन् ।
साथै पौडेलको निधनप्रति पत्रकार तथा विभिन्न व्यक्तिहरुले सामाजिक सञ्जालमार्फत दुःख प्रकट गरेका छन् ।
प्रतिक्रिया