बझाङ, वित्थडचिर गाउँपालिका-२ लिमबाट करिब २५ किलो अवैध लागूऔषध चरेश सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बुङ्गल नगरपालिका-२ बस्ती बस्ने २५ वर्षीय धन बहादुर धामी र सोही ठाउँ बस्ने २८ वर्षीय धन बहादुर धामी रहेका छन् ।
विशेष सुराकीको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान समुह र प्रहरी चौकी वित्थडचिरबाट खटिएको प्रहरीले २५ वर्षीय धामीको साथबाट १० किलो र २८ वर्षीय धामीको साथबाट १५ किलो गरी उक्त परिमाणको चरेश फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।




















प्रतिक्रिया