Logo

प्रमुख समाचार

एमसीसी पेस भएपछि संसद बैठक स्थगित 



काठमाडौं । प्रतिनिधिसभाको बैठक आउँदो बिहीबारसम्मका लागि स्थगित गरिएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुको विरोधका बीच एमसीसी पेस गरिएको छ । 

प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी पेस गरेका हुन्  । 

उनले एमसीसी पेस गरेलगत्तै सभामुख अग्निप्रसाद सापकोटाले भने, ‘प्रतिनिधिसभाको अर्काे बैठक २०७८ फागुन १२ गते बिहीबार दिउँसो १ बजे बस्नेछ ।’ 

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आईतवार १४:२८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।