Logo

गायिका अनु चौधरीको स्वरमा रहेको ‘माया ‘ सार्वजनिक 



गायक प्रताप दास र गायिका अनु चौधरीको स्वरमा रहेको ‘माया ‘ गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम र रोमान्सलाई गीतमा समावेश गरिएको छ ।

प्रेम र समपर्णलाई समेटिएको कारणले आम दर्शक तथा स्रोताको मनमा गीत बस्न सफल हुनेमा आशावादी रहेको गीतका प्रस्तुत कर्ता मनोज कार्कीले बताए । गोविन्द कुईकेलको शब्द तथा डिवि लामाको सगीत गीतमा छ ।

संकल्प भुजेलको छायाँकन , तेकेन्द्र शाहको सम्पादन तथा सजन कटेलको निर्देशन भिडियोमा रहेको छ । प्रेम र रोदनको भावमा उषा उप्रेती र डिमन क्षेत्रीको अभिनय भिडियोमा देख्न सकिन्छ ।

 

 

प्रकाशित मिति : जेष्ठ १, २०७८ शनिबार  ३ : २४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।