एजेन्सी । रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले २०२०/२१ को सिजनको अन्त्यमा क्लब छाड्ने भएका छन् । उनले क्लबका खेलाडीलाई यस्तो जानकारी दिएका हुन् ।
गत साता सेभियासँगको खेल सुरु हुनभन्दा पहिले नै ड्रेसिङ रुपममा खेलाडीहरुलाई जिदानले आफ्नो फैसला सुनाइसकेका थिए ।
जिदानले पद छाड्न लागेको यो दोस्रोपटक हो । यसअघि लगातार तीनपटक च्याम्पियन्स लिग जिताएपछि २०१८ मा पनि उनले म्याड्रिड छाडेका थिए ।
म्याड्रिडले आइतबार ला–लिगामा एथलेटिक बिलबाओ क्लबको सामना गर्नेछ र २३ मेइमा भिल्लारियालसँग प्रतिस्पर्धा गरेपछि यो सिजन अन्त्य हुनेछ ।
उनले शारिरीक र मानसिक थकानलाई क्लब छाड्नुपर्ने कारणका रुपमा उल्लेख गरेका छन् ।
प्रतिक्रिया