Logo

शेयरबजारको बुल : बजार सकारात्मक रहँदा १० अर्ब ४० करोडमाथिको कारोबार 



अहिले उपत्यकामा कडा निषेधाज्ञा लागु भएको छ । बजार, सडक ठप्प छन् । यस्तो अवस्थामा पनि शेयर बजार खुला छ । शेयर बजार खुला मात्र छैन, छुटै लयमा देखिएको छ । आईतबार शेयर बजारको परिसूचक सहित कारोबार रकमले समेत उत्साहजनक प्रदर्शन गरेको छ । 

आईतबार शेयर बजार परिसूचक नेप्से ५४.२६ अंकले उकालो लागेको छ । ५४.२६ अंकले अकालो लाग्दा शेयरबजार परिसूचक नेप्से २७३८.३५ अंकको विन्दुमा बन्द भएको छ । २ प्रतिशत भन्दा धेरैले बढेको बजारमा शेयर बजारका सम्पूर्ण परिसूचकहरुमा हरियाली छाएको छ ।  

आईतबार क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक पनि १.८० अंकले उकालो लागेको छ । 

आईतबार शेयर बजारमा २ सय १४ कम्पनीको १ लाख १३ हजार ६९ पटकको कारोबारमा २ करोड १३ लाख २८ हजार ८ सय ८२ कित्ताको खरिद विक्री हुँदा १० अर्ब ४० करोड ३८ लाख ७९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । 

आईतबार नेपाल पूनर्बीमा कम्पनीको सर्वाधिक ८५ करोड २० लाख ३ हजार ७ सय ६१ रुपैयाँ बराबरको कारोबार भएको छ । दोस्रोमा नेपाल क्रेडिट एण्ड कमर्शीयल बैंकको सर्वाधिक ८ लाख ३७ हजार २ सय २३ कित्ता शेयरको खरिदविक्री हुँदा ३१ करोड ५७ लाख ५८ हजार ३८ रुपैयाँ बराबरको कारोबार भएको छ । 

आईतबार कारोबारमा आएका कम्पनीमध्य ५ कम्पनीको शेयर मूल्य सर्किट लेभलमा कारोबार भएको छ भने अन्य ३ कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको ।

आईतबार यूनीयन हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ५.०५ प्रतिशतले गुमाएका छन् । 

आईतबार कारोबारमा आएका १३ समूहको कारोबार भएकोमा १३ वटै समूहको परिसूचक बढेर बन्द भएका छन् । नीर्जीवन बीमा समूहको परिसूचक सर्वाधिक ४.२४ प्रतिशतले उकालो लाग्दा विकास बैंक समूहको परिसूचक ३.८३ प्रतिशतले उकालो लागेको छ । आईतबार नेप्से परिसूचकमा बुल देखिदा नेप्सेको बजार पूँजीकरण पनि वृद्धि भएको छ । 

२.०२ प्रतिशतले बढेको बजारमा १ सय ४६ कम्पनीको शेयर मूल्य बढ्दा ३२ कम्पनीको शेयर मूल्य घटेको छ । बाँकि ४ कम्पनीको शेयर मूल्य भने स्थीर रहेको छ । 

प्रकाशित मिति : २ जेष्ठ २०७८, आईतवार १५:२१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।