नेपाल सरकारको पहलमा स्वसासित तिब्बतको तातेपानी नाका हुदै १८ हजार सिलिण्डर अक्सिजन आयो भन्ने समाचारमा सत्यता नभएको पाईएको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले तातोपानी नाकाबाट सिलिण्डर आयो भन्ने हल्ला मात्र फैलाएको बताएका हुन् ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस संयोजक गणेश पाण्डेले आफ्नो फेसबुक मार्फत १८ हजार सिलिण्डर अक्सिजन तातेपानी मार्फत आउदै गरेको बताएका थिए भने केही अनलाइनले प्रकाशित गरेको उक्त समाचारलाई पोखुरेलले समेत शेयर गरेका थिए । तर त्यो सब झुट भएको खुलेको छ ।
यता चीनबाट थप चार सय थान अक्सिजनका खाली सिलिन्डर भने नेपाल वायुसेवा निगमको जहाजबाट नेपाल आइपुगेको छ । आईतबार दिउँसो दुई बजे चीनबाट थप चार सय अक्सिजनका खाली सिलिन्डर र केही थान अक्सिजन कन्सेन्ट्रेटर आइपुगेको नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले जानकारी दिएका छन् ।
महाप्रबन्धक पौडेलका अनुसार फेरि अक्सिजनका खाली सिलिन्डर लिन निगमको जहाज चीन गएको छ । आईतबार गएको जहाज सोमवार फर्किने छ । यसअघि पहिलो चरणमा पनि चीनबाट निगमको जहाजले चार सय अक्सिजनका खाली सिलिन्डर नेपाल ल्याएको थियो ।
प्रतिक्रिया