देशका ७४ जिल्लामा यतिबेला निषेधाज्ञा छ । अत्यावश्यक बाहेकका सवारी साधनहरु गुडेका छैनन् । यस्तो बेलामा पेट्रोलियम पद्धार्थको खपत कम छ तर यही बेलामा नेपाल आयल निगमले आइतवार फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
आइतवार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजल/मट्टीतेल तथा हवाई इन्धन (आन्तरिक उडान) मा प्रतिलिटर दुई रुपैयाँका दरले बढाएको हो ।
अब प्रतिलिटर पेट्रोल एक सय २३, डिजल/मट्टीतेल एक सय ६ र हवाई इन्धन ७८ प्रतिलिटर पुगेको छ ।
प्रतिक्रिया