पोखरा महागनरपालिकाको पहिलो कार्यपालिकाले बैठकको निर्णय थियो महागनरको नयाँ भवन निर्माण गर्ने । त्यो निर्णय भएको झण्डै चार वर्ष वित्न लाग्यो । वि.स. २०७४ साल बैशाख ३१ गते स्थानीय तहको निर्वाचन सम्पन्न भयो ।
पोखरा महानगरपालिकामा प्रमुख र उपप्रमुख सहित १२ वडामा नेकपा एमालेले जित्यो । जननिर्वाचित जनप्रतिनिधिले पोखरा महागनरमा जेठ १४ गते पदभाग्रहण गरे । त्यसपछि बसेको कार्यपालिका बैठकले अहिले भैरहेको कार्यालय साँधुरो भएको भन्दै नयाँ भवन बनाउने निर्णय गर्यो । भईरहेको कार्यालय साँघुरो भएकोले पनि नयाँ भवन निर्माण गर्नुपर्ने अवस्था थियो । भवनका लागि जग्गा खोजी गर्ने निर्णय समेत भयो । पोखरा महानगरपालिकाको कार्यालय वडा नम्बर १२ स्थित पशु सेवा कार्यालय रहेको ठाउँमा सार्ने निर्णय समेत भयो ।
पशु सेवा कार्यालयको ९९ रोपनी क्षेत्रफल रहेको सो जग्गामा महानगरको कार्यालय बनाउने निर्णय कार्यापालिका निर्णय भयो । निर्णय भएको चार वर्ष वित्नै लागेको छ । निर्णय भएसंगै संघीय सरकारको कृषि तथा पशुपन्छि मन्त्रालयमा लविङ सुरुभयो । गण्डकी प्रदेश सरकार मार्फत संघीय सरकारमा जग्गा प्राप्तिका लागि फाइल पठाइयो ।फाइलन एक वर्षसम्म प्रदेशमा अड्कियो । त्यसपछि केन्द्र सरकारमा पुग्यो ।
त्यहाँपनि लामो समय अड्कियो । घनश्याम भुषाल कृषिमन्त्री हुदाँ महानगर प्रमुख मानबहादुर जिसीले भेटेर जग्गा प्राप्ति मन्त्रीपरिषद् बैकठमा लैजान अनुरोध गर्नुभयो । मन्त्री भुषालले जग्गा हेरेर निर्णय गर्ने बताए । तर त्यो फाइल अड्कियो ।
९९ रोपनीको जग्गा पछिल्लो समय २२ रोपनी पाउने पक्का भयो । पोखरा महानगरको भवन यहि जेठ १४ गते शिलान्यास गर्ने तयारी भैरहेको छ । पोखराको माटेपानीमा रहेको पशु कार्यालयको जग्गामा बनाउने गरी शिलान्यासको तयारी भैरहेको पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले बताए । जेठ १४ गते भवनको शिलान्यास गर्ने हो उनले भने ।
२२ रोपनी जग्गामा तीन वटा भवन बनाइने छ । वीचमा महानगर प्रमुख र उपप्रमुखको कार्यालय र दायाँ र बायाँ अन्य कार्यालय भवन बनाइने छ । महानगरका लागि यो बाहेक अरु उपयूक्त जग्गा देखिएन महानगर प्रमुख जिसीले भने,‘महानगरको मुख्य कार्यालय यहाँ बन्ने छ । केही शाखाहरु न्यूरोडस्थित पुरानो दमकल कार्यालय हाल शहरी स्वास्थ्य सहरी केन्द्र रहेको स्थानमा रहने छ ।’ मुख्य कार्यालय रहने माटेपानीमा अन्डर ग्राउण्ड पार्किङ सहितको भवन बनाउने योजना सहित शिलान्यास गरिने भएको छ ।
यसअघि पोखरा महानगरपालिका वडा नम्बर १७ का वडाध्यक्ष तीर्थराज अधिकारीको संयोजकत्वमा वडा नम्बर १ की वडाध्यक्ष शारदा पराजुली र वडा नम्बर ४ का वडाध्यक्ष शंकरप्रसाद बास्तोला सदस्य रहेको समितिले गरेको अध्ययनमा पशु सेवा कार्यालयको जग्गा, नदीपुरस्थित नगर प्रशिक्षण केन्द्र वा नयाँबजारस्थित प्रदर्शनी केन्द्र मध्ये कुनै एक ठाउँमा भवन बनाउन सुझाएको थियो ।
सोहि समितिले दिएको प्रतिवेदनको आधारमा सबैभन्दा उपयुक्त पशु सेवा कार्यालयको जग्गा भएको निश्कर्षसहित त्यसैमा महानगरको कार्यालय बनाउने निर्णय भएको थियो ।
प्रतिक्रिया