Logo

इटालियन च्याम्पियन युभेन्ट्स र बार्सिलोना एउटै समूहमा



च्याम्पियन्स लिगको नयाँ सिजनको समूह चरणमा इटालियन च्याम्पियन युभेन्ट्स र बार्सिलोना एउटै समूहमा परेका छन् । इटालियन च्याम्पियन युभेन्ट्स र बार्सिलोना समूह ‘जी’मा परेका हुन् ।

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत २०२०र२१ सिजनको समूह ‘ए’मा बायर्न म्युनिख र एटलेटिको म्याड्रिड परेका छन् । त्यस्तै, समूह ‘बी’मा रियल म्याड्रिड र शाख्तार डोनेस्क, समूह ‘सी’मा एफसी पोर्टो र म्यान्चेस्टर सिटी, समूह ‘डी’मा लिभरपुल र आयाक्स, समूह ‘ई’मा सेभिया र चेल्सी परेका छन् ।

यसैक्रममा समूह ‘एफ’मा जेनिट सेन्ट पिटर्सबर्ग र बोरुसिया डर्टमुन्ड तथा समूह ‘एच’मा पेरिस सेन्ट जर्मेन र म्यानचेस्टर युनाइटेड परेका छन् ।

प्रकाशित मिति : आश्विन १५, २०७७ बिहीबार  ११ : ०३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।