Logo

बेसारको प्रयोग गरी सजिलै हटाउनुहोस् अनुहारको दाग



बेसारमा छालाको रोगबाट लड्ने गुण हुने भएकोले छालामा देखिने विभिन्न समस्या बेसारको प्रयोगद्वारा हटाउन सकिन्छ । यही बेसारले नै अनुहार र छालामा देखिने विभिन्न समस्याहरूको समाधान गर्न सक्छ । त्यसमध्ये केही समस्याको बारेमा तल उल्लेख गरिएको छ ।

अनुहारमा चमक ल्याउनको लागि मद्दत गर्छ बेसारले

बेसारमा एन्टिअक्सिडेन्ट र एन्टीइन्फ्लेमेटरी तत्व पाउने गरिन्छ । जसले हाम्रो छालालाई प्राकृतिक रुपले चमकदार बनाउँछ । औषधीय गुणले भरिपूर्ण बेसारबाट एउटा विशेष फेस मास्क घरमा बनाउन सकिन्छ । यसरी बनाऔं फेस मास्क ।

सामग्री

बेसार, दही, मह

बनाउने विधि

दही र महको मिश्रणलाई राम्रोसँग मिसाएर अनुहारमा लगाउनु छालाको लागि राम्रो मानिन्छ । यो फेस मास्कलाई करिब १५ मिनेटसम्म अनुहारमा लगाउनुहोस् र फेरि चिसो पानीले धुनुहोस् । यसले छालाको चमक बढाउँछ ।

अनुहारमा निस्कने दागको समाधानका लागि बेसार

यदि छालामा बारम्बार दागको समस्या आउँछ भने यसको समाधानको लागि कैयौं प्रकारका क्रिमहरू बजारमा पाउन सकिन्छ । यसरी उपचार गराउँदा पनि कुनै फाइदा भइरहेको छैन भने यसको लागि प्राकृतिक उपचार खोज्न सकिन्छ । बेसारले छालालाई चिल्लो बनाउन मद्धत गर्छ । अनुहारको दाग हटाउको लागि प्रयोग गरिने प्राकृतिक उपचारको लागि निम्न तयारी गर्न सकिन्छ ।

आवश्यक सामग्री

दही, गुलाब राखिएको पानी, बेसारको धुलो, स्नान गर्नको लागि प्रयोग गर्ने माटो

बनाउने वा लगाउने विधि

स्नान गर्नको लागि प्रयोग गर्ने शुद्ध माटोमा दही, गुलाबको पानी र बेसारको धुलो राख्नुहोस् । यसबाट एउटा पेस्ट तयार हुन्छ । त्यसपछि यसलाई अनुहारमा लगाउनुहोस् र करिब १५ मिनेटको लागि लगाएर त्यसै बस्नुहोस् । जतिबेलासम्म अनुहारमा त्यो सुक्दैन, त्यतिबेलासम्म यसलाई सुक्न दिनुहोस् । त्यसपछि चिसो पानीले अनुहार धुनुहोस् । बेसारसहितको यो फेस मास्क हप्तामा एक पटक प्रयोग गर्न सकिन्छ ।

संवेदनशील छालामा उत्तेजना कम गर्नका लागि बेसार

कतिपय छाला संवेदनशील खालको हुने गर्छ । यसकारण कैयौं पटक छाला चिलाउने, जलन र उत्तेजना हुने गर्छ । यदि तपाईंको छालामा पनि त्यस्ता समस्या आएको छ भने बेसारबाट बनेको प्राकृतिक उपचार गरिहाल्न सक्नुहुन्छ । जसमा बेसारसँगै एलोबेरा जेल पनि मिसाउने गरिन्छ ।

आवश्यक सामग्री

बेसार र एलोबेरा तेल

कसरी बनाउने ?

आधा चम्चा ताजा एलोवेरा जेलमा थोरै बेसारको धुलो मिसाएर त्यसको मिश्रणबाट एउटा पेस्ट बनाउन सकिन्छ । फेरि यसलाई अनुहारमा लगाएर करिब २० मिनेटसम्म सुक्न दिनुपर्छ । त्यसपछि यसलाई चिसो पानीले धुनुहोस् ।

दाग धब्बा र घाउ ठीक गर्नको लागि

जस्तो कि पहिले नै बताइसकेको कुरा बेसारमा एन्टी इन्फ्लेमेटरी तत्व पाउने गरिन्छ । जसले छालामा हुने रौंको छिद्रलाई सफा राख्न मद्धत गर्छ । यसका अलावा बेसारमा एन्टीसेफ्टिक गुण समेत हुन्छ । जुन कुनै पनि किसिमको दाग धब्बा घाउ या चोटको निशान समेत हटाउन प्रभावकारी मान्ने गरिन्छ ।

सामग्री

१ चम्चा बेसन, थोरै बेसार र अलिकति मलाई

कसरी बनाउने ?

माथि उल्लेखित तीन कुरालाई राम्रोसँग मिसाएर जहाँ दाग धब्बाको निशान छ, त्यसमा लगाउनु पर्छ र करिब २० मिनेटसम्म अनुहार सुक्न दिनुपर्छ । पछि मनतातो पानीले अनुहार धुनुपर्छ । यसले धेरै फाइदा गर्छ ।

अनुहारमा बेसार लगाउनुका नोक्सानी

हुन त बेसार पूरा प्राकृतिक सामग्री हो । तर पनि यसलाई अनुहारमा लगाउनुका केही नोक्सानी समेत छन् । अनुहारमा बेसार लगाउँदा अनुहार पहेँलो हुने गर्छ । यो त सामान्य कुुरा हो । तर यदि कसैलाई बेसारसँग एलर्जी छ भने अनुहारमा बेसार लगाउनुपूर्व चिकित्सकसँग कुराकानी गर्नु उपयुक्त हुन्छ । यसबाहेक बेसारको खासै नोक्सानी नरहेको चिकित्सकहरू बताउँछन् ।

 

प्रकाशित मिति : आश्विन १६, २०७७ शुक्रबार  १२ : ०१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।