Logo

कम्युनिष्ट नेता बर्माको निधन



काठमाडौं । कम्युनिष्ट नेता कृष्णराज बर्माको निधन भएको छ । आइतबार साँझ बर्माको ह्याम्स अस्पतालमा निधन भएको बर्मा पारिवाले जनाएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका बर्मालाई निमोनिया भएको थियो । ९३ वर्षीय बर्माको आईसीयूमा उपचार भइरहेको थियो । बर्माको आइतबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी भइरहेको छ ।

२००७ सालको राणा विरोधी आन्दोलनमा सकृय सहभागी जनाएका बर्मा पुराना कम्युनिष्ट नेता हुन् । पञ्चायती व्यवस्था अन्त्य गर्ने २०४६ सालको जनआन्दोलनमा बर्मा नेतृत्वको नेकपा वाम मोर्चाका एक घटक दल सहभागी भएको थियो ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आईतवार १९:३७   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।