Logo

समाचार

अमेरिकी राष्ट्रपति ट्रम्प र उनकी पत्नीलाई काेराेनाकाे आशंका,दुवै जना क्वाइरेन्टाइन गए



अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ट्वीट गर्दै आफू र आफ्नी श्रीमतीलाई कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको बताएका छन्।

यस अघि उनले आफ्नी एकजना निकट सहयोगीमा कोरोनाभाइरस सङ्क्रमण देखिएपछि क्वारन्टीनमा बसेको जनाएका थिए।

उनकी ३१ वर्षीया सल्लाहकार होप हिक्समा सङ्क्रमण देखिएपछि राष्ट्रपति र मेलानिया ट्रम्पले आफ्नो परीक्षणको नतिजा पर्खिरहेको बताएका थिए।

साताको सुरुमा ओहायोमा भएको टेलिभिजन बहसमा ट्रम्प सहभागी हुन जाँदा हिक्स एयर फोर्स वानमा उनीसँगै थिइन्।

ट्रम्पले बिहीबार ढिलो भने कि उनी क्वारेन्टाइनमा जान्छन् किनकि उनका एक सल्लाहकार पाेजेटिभ देखा परेकाे छ । 

राष्ट्रपति ट्रम्पले ट्वीट गर्नुभयो, “होप हिक्स, जो एक छोटो ब्रेक बिना पनि यति कडा मेहनत गरिरहेको छ, कोभिड १९ पाेजेटिभ  भइसकेको छ। भयानक! दर्दनाक हो।” उनले अगाडि लेखे, “पहिलो महिला र म परिक्षाको नतीजाको लागि पर्खिरहेका छौं। यद्यपि हामी क्वारान्टिनमा गइरहेका छौं।”

डोनाल्ड ट्रम्पले कतिन्जेल एक्लै बस्न भनेनन्। यद्यपि स्वास्थ्य विशेषज्ञहरूले १४-दिनको क्वारंटाइन सिफारिस गर्छन्।

 

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  ११ : १३ बजे