प्यालेष्टाइन-इजरायल द्वन्द्व अन्त्य गर्न अमेरिका खुलेर अघि बढ्नुपर्ने चीनले बताएकाे छ।
इजरायल र प्यालेस्टाइनबीच एक सातदेखि भएका द्वन्द्वका कारण २ सय १५ जनाको मृत्यु भएको प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयकाे तथ्यांक छ।
चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ ली चेनले इजरायल–प्यालेटिाइन विषयबारे चर्चा गर्दै अमेरिकाले आफ्नो भनाइ र गराइ एउटै राख्न तथा ठूलो मुलुकको आवश्यक कर्तव्य बहन गरी अमेरिकाले प्यालेष्टाइन र इजरायल बीचको तनावपूर्ण परिस्थितिलाई खुकुलो पार्न, विश्वासिलो वातावरण निर्माण गर्न र राजनीतिक तवरले समस्याको समाधान गर्न वास्तविक भूमिका निर्वाह गर्नसक्ने बताएका छन्।
चीनका परराष्ट्र मन्त्री वाङ यीले प्यालेष्टाइन र इजरायल समस्यासम्बन्धी आपत्कालीन सम्मेलनमा तनावपूर्ण स्थितिलाई निकास दिनका लागि चीनको तर्फबाट एक प्रस्ताव प्रस्तुत गरेका थिए।
प्रतिक्रिया