Logo

आज र भाेलि वर्षासँगै हिमपात, यी क्षेत्रमा हुनेछ भारी वर्षा



बिहीबार मुलुकका धेरैजसाे स्थानमा वर्षा हुने भएकाे छ। माैसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली प्रभाव र ताउ-ते  नामक सामुन्द्रिक आँधीका कारण मंगलबारबाट नेपालमा वर्षा भइरहेकामा अझ सक्रिय बनेकाे छ।

यसकाे प्रभाव पश्चिमबाट उत्तर पूर्वतिर अगाडि बढेको छ। फलस्वरुप बिहीबार बिहान काठमाडाैं उपत्यकासहित मुलुकका कयाैं स्थानमा पानी परेकाे छ।

बिहीबार दिउँसाे मुलुकभर बदली रहने र धेरैजसाे स्थानमा पानी पर्नेछ। प्रदेश १, गण्डकी र बागमती  थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।उच्च हिमाली भूभागका केही स्थानमा भारी हिमपात र वर्षाका सम्भावना रहेको महाशाखाले जानकारी दिएकाे छ।

राति देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कर्णाली, सुदूरपश्चिम र लुम्बनीका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। उच्च हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातकाे सम्भावना छ।

महाशाखाका अनुसार शुक्रबार पनि पानी पर्नेछ। राति  प्रदेश १ लगायत देशका बाँकी पहाडी भूभागमा आंशिकदेखि सामान्य  बदली र बाँकी भूभागमा सामान्यतय सफा रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक-दुई  स्थानमा हल्का वर्षाको सम्भावना छ। 

प्रकाशित मिति : जेष्ठ ६, २०७८ बिहीबार  ६ : ५३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।