Logo

सुनको मूल्यमा २ सयको गिरावट 



शुक्रबार सूनको मूल्यमा दुईसयको गिरावट आएको छ । अघिल्लो दिन ९४ हजार ५ सयमा कोरोबार भएको छापावाला सुन आज २ सयले घटेर ९४ हजार ४ सयमा कारोबार भएको सुनचाँदी महासंघले जनाएको छ । 

त्यस्तै तेजावी सुन पनि दुईसयले घटेको छ । आज मूल्य समायोजन भएसँगै तेजावी सुन ९३ हजार ८ सयमा कारोबार भइरहेको छ । भने चाँदी १हजार १ सय ७५ मा स्थिर नै रहेको छ । 

प्रकाशित : १६ आश्विन २०७७, शुक्रबार