चैत अन्तिम सातादेखि वैशाख १५ सम्म कोरोना भाइरसविरुद्धको भेरोसेल खोप (चिनियाँ कम्पनीबाट उत्पादित) को पहिलो डोज लगाएर सहरबाट गाउँ जानु भएकाे छ? निषेधाज्ञामा गाउँ पुगेसँगै अब दाेस्राे डाेज लगाउन पाइन्छ कि पाइँदैन भनेर चिन्तामा हुनुहुन्छ?
अब गाउँमै दोस्रो डोज लगाउन पाइने भएकाे छ। त्यसका लागि तपाईँ हाल रहेकाे स्थानीय तहमा नाम टिपाउनुपर्ने छ।
भेरोसेल दोस्रो मात्रा खोप लगाउन आफ्नो पालिकाका स्वास्थ्य संयोजकमार्फत जिल्ला स्वास्थ्य कार्यालयमा लगत टिपाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेकाे छ। मन्त्रालयकाअनुसार लगत तयार भएपछि चाँडै नै प्रदेशको समन्वयमा खोप लगाउने मिति र ठाउँ तोकिनेछ।
काठमाडाैं उपत्यकासँगै काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवामा २ जेठबाट खाेपकाे दाेस्राे डाेज लगाउन सुरु भइसकेकाे छ।
प्रतिक्रिया