काेराेना भाइरस संक्रमणका कारण महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायव उपरीक्षक (डिएसपी) राजकुमार केसीको निधन भएको छ।
नेपाल प्रहरी अस्पतालमा उपचार गराइरहेका केसीको बिहीबार बिहान ज्यान गएकाे प्रहरीका एक प्रहरी जानकारी दिए।
केसीलाई वैशाख २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो। स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई आइसियू र भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। तर उनले बिहीबार श्वास छाडे।
प्रतिक्रिया