अहिले विश्व बजारमा क्रिप्टोकरेन्सी यसरी खसिरहेको छ कि यसको विश्वासनीयता माथि नै प्रश्न उठ्न थालेको छ ।
बुधबार चीनले क्रिप्टोकरेन्सीमाथि प्रतिबन्ध लगाएपछि विट्क्वाइन, इथर र डोजेक्वाइनजस्ता क्रिप्टोकरेन्सी खसेका हुन् । यसले अमेरिकामा मुद्रास्फिती बढाउने चिन्ता थप चुलिएको छ ।
बुधबार चीनको निर्णयपछि समग्र क्रिप्टोकरेन्सी ६ सय विलियन डलरले खसेको छ । वातावरणलाई असर गर्ने भन्दै खर्बपती इलोन मस्कले विट्क्वाइनले टेस्ला खरिद गर्न नमिल्ने ट्विट गरेपछि विट्क्वाइनको मूल्यमा ठूलो प्रभाव परेको थियो । त्यसपछि बुधबार चीनको निर्णयले क्रिप्टोकरेन्सीलाइ झन सिकिस्त बनाएको हो ।
प्रतिक्रिया