Logo

समाचार

पाकिस्तानमा बस दुर्घटना, १३ जनाको मृत्यु



इस्लामाबाद, पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको सुक्कुर जिल्लामा एउटा यात्रुबाहक बस दुर्घटना हुँदा त्यसमा यात्रारत कम्तीमा १३ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बिहीबार बिहानै भएको उक्त दुर्घटनामा अरु ३० जनाभन्दा बढी घाइते भएका छन् । 
पञ्जाब प्रान्तको मुल्तानबाट सिन्धको राजधानी कराँची शहरतर्फ गइरहेको बस दुर्घटनाग्रस्त भएको सुक्कुरका वरिष्ट प्रहरी अधिकृत इर्फान सामोले जानकारी दिएका छन् ।

उक्त दुर्घटनाका बारेमा अनुसन्धान जारी रहेको बताइए पनि घुमाउरो राजमार्गमा चालकले तिब्र गतिमा बस दौडाएको प्रत्यक्षदर्शीको भनाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमले समाचार दिएका छन् । घाइतेहरुलाई स्थानीय अस्पतालहरुमा भर्ना गरिएको छ । रोहरी क्षेत्रको अस्पतालका प्रमुख पर्भेज अख्तरले छ जनाको घटनास्थलमै मृत्यु भएको र अन्यको अस्पतालमा उपचारका क्रममा ज्यान गएको जानकारी दिए ।

अख्तरले छ जनाको अवस्था निकै जटिल अवस्थामा रहेको बताए । मृतक र घाइतेहरु सबै मुल्तानका रहेका छन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहीबार १३:५१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।