टीभीएस दशैँको आशा योजनाअन्तर्गत पहिलो साताको विजेता छनोट भएका छन् । गोलाप्रथा माध्यमबाट बालाजुका अमृतजंग सिटौलाले अपाचे आरआर ३१० जितेको घोषणा गरियो ।
यस योजनामा सहभागिता जनाउन टीभीएसको मोटरसाइकल खरिद गरेकै हुनुपर्ने भन्ने छैन । योजनाअनुसार मोटरसाइकल खरिदमा नगद ९ हजार र स्कुटरमा ७ हजार रुपैयाँ नगद छुट कम्पनीले दिएको छ ।
यस्तै ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले शून्य प्रतिशत ब्याजदरमा खरिद गर्न सक्नेछन् । यी दुईमध्ये कुनै एक स्किम ग्राहकले छनोट गर्न पाउने सुविधा कम्पनीले दिएको छ ।




















प्रतिक्रिया