Logo

समाचार

राप्रपा नेपालले ‘तात्विक’ असर गर्दैनः राप्रपा प्रवक्ता



राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता सगुनसुन्दर लावतीले हिन्दूवादी नेता कमल थापा नेतृत्वको राप्रपा नेपालले स्थानीय तह निर्वाचनमा पार्टीलाई ‘तात्विक’ असर नपार्ने दाबी गरेका छन् । 

 देशव्यापी रूपमा पार्टी संगठन विस्तार गर्न नसकेको, उनीसँग केही नेता मात्रै राप्रपाबाट गएको र अर्कोतिर ‘विभाजनकारी नेता’को छवि पनि भएकाले निर्वाचनमा खासै असर नगर्ने उनले बताए ।  उनले भने, ‘१०/२० भोट तलमाथि होला तर हामीलाई असर गर्ने देखिँदैन ।’ 

२०७४ मा भन्दा बढी स्थानीय तहमा पार्टीले विजय हाँसिल गर्ने पनि उनको दाबी छ ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार ११:२५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।