काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी जेठ १६ गतेदेखि सञ्चालन गर्ने भएको छ । आज बसेको बोर्डको बैठकले जेठ १६ गतेदेखि गर्ने निर्णय गरेको हो ।
यस अघि जेठ १८ गतेदेखि हुने भनिए पनि आज बसेको बोेर्डको बैठकले १६ गतेदेखि गर्ने निर्णय गरेको हो ।
बोर्डले यस वर्ष पनि कक्षा १२ को प्रश्नपत्र भने अनलाइनबाट नै पठाउने तयारी गरेको छ । कोभिड १९ को कारण बोर्डले गत वर्षदेखि प्रश्नपत्र प्रकाशन गर्न छोडेको हो । गत वर्ष अनलाइनबाट प्रश्नपत्र पठाउँदा भएको समस्या सुधार्दै प्रश्न पत्र पठाउने तयारी गरेको बोर्डले जनाएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार करिब ४ लाख विद्यार्थीले यस वर्ष कक्षा १२ को परीक्षा दिनेछन् ।





















प्रतिक्रिया