आइतबार नेपालका केही भूभागका वर्षा हुने भएकाे छ। माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीकाे प्रभाव रहेका कारण बदली छ।
आज दिउँसाे प्रदेश १, बागमती तथा गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहने। प्रदेश १ का पहाडी भूभागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एक- दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएकाे छ।
महाशाखाका अनुसार आइतबार राति प्रदेश १ का पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।
सोमबार दिउँसो पहाडी भूभागमा बदली साथै प्रदेश २ लगायत प्रदेश १, बागमती र गण्डकीका तराईका भूभागमा आंशिक बदली रहने छ। रप्रदेश १ का पहाडी भूभागमा वर्षाकाे आँकलन गरिएकाे छ।
साेमबार राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
मंगलबार प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका पहाडी भूभागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएकाे छ।
प्रतिक्रिया