Logo

प्रमुख समाचार

प्रधानमन्त्री देउवा मोरङ आउँदै, यस्तो छ कार्यक्रम



विराटनगर । प्रधानमन्त्री शेरबहादुर देउवा आज मोरङको सुन्दरहरैँचा आउने भएका छन् ।

सुन्दरहरैँचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालका अनुसार नगरक्षेत्रमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री देउवा आउन लागेका हुन् ।

उनका अनुसार नगरपालिकाको प्रशासनिक भवन तथा सुन्दरहरैँचा–९ स्थित कृषिबजार परियोजना शिलान्यास कार्यक्रममा प्रधानमन्त्री देउवा सहभागी हुनेछन् । यसैगरी, हरैँचामा निर्मित नगर अस्पताल पनि उदघाटन गर्नेछन् ।

प्रधानमन्त्रीलाई निमन्त्रणा गर्न गएको फागुन २७ गते मेयर ढकालसहित नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल, कांग्रेस प्रदेश १ का उपसभापति रमेशजंग रायमाझी, नगर सभापति भक्ति सिटौलालगायत टोली बालुवाटार पुगेको थियो ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार ०७:११   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।