Logo

समाचार

म्यानमार सेनाले निलम्बन गर्‍यो एक लाख २५ हजार शिक्षक



म्यानमारको सैनिक सरकारले एक लाख २५ हजार शिक्षकलाई निलम्बन गरेकाे छ। नागरिक अवज्ञा आन्दोलनमा सहभागी भएको भन्दै सैनिकले शिक्षकलाई निलम्बन गरेकाे त्यहाँकाे शिक्षक महासंघले जानकारी दिएकाे छ। म्यानमारमा चार लाख ३० हजार शिक्षक छन्।  

महासंघका अनुसार गत फेब्रुअरी १ मा कूमार्फत् सत्ता हत्याएको सेनाले त्यसको विरोधमा भएको नागरिक अवज्ञा आन्दोलनमा साथ दिएकामाथि याे कदम चालेकाे हाे। 

म्यानमारमा नयाँ शैक्षिक सत्र सुरु हुनुभन्दा केही दिनअघि जुन्ता सरकारले निलम्बनको निर्णय गरेको अन्तराष्ट्रिय सञ्चारमाध्मयले उल्लेख गरेका छन्।  

 

प्रकाशित मिति : जेष्ठ ९, २०७८ आईतबार  ८ : ०० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।