भारतमा पहिचान भएकाे काेराेना भाइरसकाे भेरियन्टसँग जुध्न फाइजर र एस्ट्राजेनेकाे खाेप प्रभावकारी रहेकाे पाइएकाे छ। बेलायतमा भएकाे एक अध्ययनबाट यस्ताे पत्ता लागेकाे हाे।
अध्ययनकाे नतिजा अनुसार यी दुबै खाेपका दुई डाेज काेराेनाविरुद्ध समान प्रभावकारी पाइएकाे हाे। यद्यपि याे भेरियन्टविरुद्ध यी खाेपकाे एउटा डाेज तीन हप्तापछि केवल ३३ प्रतिशत प्रभावी पाइएकाे छ।
बेलायतका स्वास्थ्य मन्त्री ह्यानककले यसलाई ठूलाे उपलब्धी भनेका छन्। उनका अनुसार खाेप लगाइएकालाई अस्पताल भर्ना गर्नु परेकाे छैन भने ज्यान पनि गएकाे छैन।
फाइजर खाेपकाे दाेस्राे डाेजकाे दाेस्राे हप्तामा भारतमा पाइएकाे बी 1.617 भेरियन्टबाट संक्रमित लक्षणयुक्त बिरामीमा ८८ प्रतिशतसम्म प्रभावी रहेकाे पाइयाे। एस्ट्राजेनेकाे दाेस्राे डाेजकाे दुई हप्तापछि यस भेरियन्टमा ६० प्रतिशत प्रभावी पाइएकाे छ। बिबिसी हिन्दीबाट
प्रतिक्रिया