Logo

मुलुकमै उत्पादित दूग्धजन्य पदार्थ प्रयोग गर्ने व्यवस्था मिलाउन मन्त्री अर्यालको निर्देशन



कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले एअरलाइन्समा नेपालममै उत्पादिक बटर, चिज लगायतका दुग्धजन्य पदार्थ प्रयोग गर्ने व्यवस्था मालउन निर्देशन दिएकी छन्। राष्ट्रिय दुग्ध संस्थानको बैठकलाई सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन्। 

संस्थानका अध्यक्ष बाबुराम पाण्डेको अध्यक्षतामा भएको बैठकमा मन्त्री अर्यालले नेपाल वायुसेवा निगमसँग छलफल गर्दा बटर, दही लगायतका दुग्धजन्य पदार्थ बाह्य मुलुकबाट आयात गर्दा ठूलो रकम बाहिर गएको भन्ने जानकारी आएको भन्दै नेपालमै उत्पादित दुग्धजन्य पदार्थको प्रयोगको व्यवस्था मिलाउन निर्देशन दिएकी हुन्।

‘बटर, दही लगायतका सामाग्री बाह्य मुलुकबाट आयात गर्दा ठूलो रकम बाहिर गएको पाइयो । यी कुरालाई रोकेले स्वदेशमै उत्पादित दुग्धजन्य पदार्थको प्रयोगमा जोड दिनुपर्ने छ । यसले हाम्रो उत्पादन प्रयोग गर्ने दिशामा अगाडि बढेको । यसको प्रगति १ हप्तामा तयारी गर्न निर्देशित गर्दछु,’ उनले भनिन्।

 

प्रकाशित मिति : जेष्ठ ९, २०७८ आईतबार  १० : ०१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।