एनएमबि बैंकले आइतबारदेखि १५ वर्षे अवधिको १ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले वार्षिक ४ प्रतिशत ब्याजदर प्रदान गर्नेगरी ‘एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत २०९२ ९३’ नामको ऋणपत्र बिक्री गर्न लागेको हो।
बैंकले निष्काशन गर्न लागेको प्रतिकित्ता १ हजार दरको कुल १५ लाख कित्ता ऋणपत्र मध्ये ९ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी ६ लाख कित्ता सर्वसाधारणमा बिक्री गर्नेछ। जसमा ५ प्रतिशतका दरले ३० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। बाँकी ५ लाख ७० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
इच्छुक आवेदकले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सक्नेछन भने ऋणपत्र खरीदका लागि छिटोमा जेठ १२ र ढिलोमा जेठ २३ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ।
ऋणपत्र निष्काशन गर्न लागेको बैंकलाई क्रेडिट रेटिङ्ग एजेन्सी इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ ए माईनस प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त सुरक्षित रहेको र यस्ता संस्थाहरुमा न्यून कर्जा जोखिम रहेको संकेत गर्दछ।
प्रतिक्रिया