Logo

नागरिक सुशासन समाजद्धारा वृद्ध आश्रममा राहत वितरण



कञ्चनपुर तपाईको दान हाम्रो प्रयास, असाहाय वृद्ध वृद्धाहरूको नयाँ जीवन, भन्ने मुल उदेशयका साथ जिल्ला कार्यसमिति अध्यक्ष गणेश भण्डारी को नेतृत्वमा रहेको नागरिक सुशासन समाजले वृद्धा आश्रममा राहात वितरण गरेको छ । 

राहत संकलन कार्यक्रममा नागरिक सुशासन समाज  जिल्ला कार्य समितिका सदस्य द्वारा कंचनपुर जिल्लाको भिमदत्त नगरपालिका वडा न ५ बनखेत स्थित महिला तथा बृद्ध सेवा केन्द्र (वृद्ध आश्रम) महेन्द्रनगरमा चामल, दाल, तेल, अण्डा, साबुन, बिस्कुट, दिएको जानकारी अध्यक्ष गणेश भण्डारीले बताए । भण्डारीका अनुसार यो शुरुवाती प्रयासमात्र हो, अगामी दिनहरुमा यसलाई निरन्तरतादिने प्रतिबद्धता समेत उनको रहेको छ । 

अभियानकर्मीले उक्त आश्रम संचालक समिति अध्यक्ष शारदा चन्दसंग वृद्धाआश्रम को प्रशासनिक तथा  संचालन सम्बन्धिका कुराहरुको बारेमा छलफल गर्दा कहिले काहीँ त नुन सँग पनि खुवाउनु परेको तथा स्थानीयदेखी केन्द्रीय सरकार सम्मले कुनै मतलब नगरेको जानकारी गराए ।

प्रकाशित मिति : जेष्ठ ९, २०७८ आईतबार  १ : ०७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।