Logo

राष्ट्र बैंकले मुद्दती र कल निक्षेपमा ६४ करोड ६३ लाख रुपैयाँ लगानी गर्दै 



नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको १ वर्षे अवधिको मुद्दती र कल निक्षेपमा ६४ करोड ६३ लाख ५९ हजार रुपैयाँ लगानी गर्ने भएको छ ।

केन्द्रीय बैंकले मुद्दती निक्षेपमा ५१ करोड ४४ लाख ६२ हजार ९६० रुपैयाँ र कल निक्षेपमा १३ करोड १८ लाख ९६ हजार ७४० रुपैयाँ लगानी गर्ने भएको हो ।  

केन्द्रिय बैंकको निक्षेप लिन चाहाने बैंक तथा वित्तीय संस्थाले जेठ ११ गते बेलुका ४ बजेसम्ममा आवेदन दिनुपर्ने जनाएको छ ।

राष्ट्र बैंकको निक्षेप लिनको लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पुरा गरेको हुनुपर्नेछ भने राष्ट्र बैंकले तोकेको न्यूनतम पूँजीकोष कायम हुनुपर्ने शर्त राखेको छ ।
यसबाहेका अन्य शर्तहरु नेपाल राष्ट्र बैंकले जारी गरेको तल सूचनामा उल्लेख गरिएको छ । 

Capture.JPG

प्रकाशित मिति : जेष्ठ ९, २०७८ आईतबार  १ : ५३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।