Logo

समाचार

भोजपुरको अरुणमा कार्यकर्ताहरु एमाले र कांग्रेस छोडेर माओवादीमा पसे



काठमाडौं । भोजपुरको अरुण गाउँपालिकामा अरु पार्टी छोडेर नेकपा (माओवादी केन्द्र) प्रवेशको लहर चलेको छ ।
शनिबार पार्टीको गाउँ कमिटीको विस्तारित बैठक तथा प्रशिक्षण पनि सम्पन्न भएको छ । कार्यक्रममा नेपाली कांग्रेस छोडेर नेताहरु नगेन्द्र राई, युनिसा राई, अनुराज राई (अरुण गाउँपालिका ६) तथा वडा नम्बर ६ कै रमिता राई एमाले छाडेर नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन् । वडा नम्बर २ का सुवास श्रेष्ठले पनि एमाले त्यागेर माओवादी भएको जनाएका छन् ।

केही दिनअघिमात्र याङपाङका हर्कमाया शिवा, भरत शिवा र कर्ण आले पनि एमाले छोडेर नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका थिए । उनीहरुले संयुक्त विज्ञप्ती जारी गर्दै एमालेले जनतालाई झुक्याएको र छलछामको राजनीतिमात्र गरेको आरोपसमेत लगाएका थिए । वडा नम्बर ७ का वडाध्यक्षसमेत रहेका पार्टीका गाउँ कमिटी अध्यक्ष डिल्लीराम अधिकारीले पार्टीप्रति जनताको आस्था बढेको बताए । उनले अझै पनि केही पार्टी र व्यक्तिले माओवादीको विरुद्धमा भ्रम सिर्जना गरेको आरोप लगाएका छन् । ‘माओवादीले जनताका पक्षमा काम गरेको छ, यसलाई अब थप बुझाउनु जरुरी छ’ अधिकारीले भने ‘अबको निर्वाचनमा यो गाउँपालिकामा मात्र होइन जिल्लामा नै पार्टीले राम्रो नतिजा ल्याउने छ ।’

नैतिक ज्ञानको खाँचो
पछिल्लो समय समाज झन् विकृत बन्दैछ । केही दिनअघि मोरङको लेटाङका एक शिक्षकले आफ्नै विद्यालयकी छात्रामाथि गरेको यौन दुव्र्यवहारको घटनाले नराम्रो रुप लियो । जनतालाई शान्तिसुरक्षा दिने लक्ष्यका साथ अघि बढेकी एक महिला प्रहरीले अकालमै ज्यान गुमाउनुप¥यो ।

यौन दुव्र्यवहार गर्ने आरोपी शिक्षकलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि स्थानीयले ढुंगामुढा गरेका थिए । स्थानीयको आक्रमणबाट घाइते भएकी प्रहरी जवान २६ वर्षकी उर्मिला श्रेष्ठको हत्याको जति भत्सर्ना गरे पनि कमै हुन्छ । जागिर खाएर परिवार पाल्ने र खुशी जिवन बिताउने उनको चाहनामा परेको बज्रपात चानचुने छैन । आरोपी शिक्षकलाई स्थानीयले पक्राउ गरेर जुत्ताको माला लगाएर बजार परिक्रमा गर्ने बताइरहेका बेला प्रहरीले पक्राउ गर्न खोजेको भन्ने आरोप पनि स्थानीयले लगाएका छन् । अर्कोतिर पीडकलाई संरक्षण गर्न स्थानीय लागेकाले प्रहरीले थप सक्रियता बढाएको पनि अर्को पक्षको भनाई छ । ती शिक्षकले फागु पूर्णिमाका दिन ती विद्यार्थीकामा पुगेर पानी खाँदै बालिकामाथि दुव्र्यवहारको प्रयास गरेका थिए । शिक्षक यसअघि पनि यस्तै काण्डमा संलग्न भएका थिए, उनलाई त्यतिबेला उन्मुक्ति दिएकाले यस्तो घटना फेरि दोहोरिएको हो । यस प्रकारका घटनामा पनि आपसी सहमति भन्दै छुटकारा दिने प्रचलनले अपराधीलाई थप प्रश्रय मिलेको छ । यस्ता घटनामा पीडितको र पीडकको साथै समाजको पनि बेइज्जत हुने डरले यस्ता घटना लुकाउने गरिएको छ ।

यस्तै घटनामा तत्काल कारबाही नगर्दा त्यस्तो कुकृत्य गर्न पल्केकाले थप उत्पात मच्चाइरहेको छ । समाजमा नैतिक र सामाजिक शिक्षा दिनुको साथै सबैलाई समाजप्रति जवाफदेही र जिम्मेवार बनाउनु आजको आवश्यकता हो ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आईतवार १३:३८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।