Logo

समाचार

भर्चुअलमार्फत सभापति देउवाले कांग्रेस मुगुकाे कार्यालयकाे उद्घाटन गर्ने



नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भर्चुअलमार्फत का‌ंग्रेस मुगुकाे पार्टी कार्यालयकाे उद्घाटन गर्ने भएका छन् । 

कांग्रेस पार्टी कार्यालय मुगुकाे नव निर्मित विपी स्मृति भवनकाे  साेमबार दिउँसो २ बजे भर्चुअलमार्फत उद्घाटन गर्ने कांग्रेस मुगुका सभापति ऐनबहादुर शाहीले बताए ।

उनका अनुसार प्रधानमन्त्रीसमेत रहेका सभापति देउवा भाैतिक रुपमै उपस्थिति भई पार्टी कार्यालय र नेपाली कांग्रेस मुगुका संस्थापक सभापति बखत बहादुर शाहिकाे सदरमुकाम शालिक लाई उद्घाटन गर्ने कार्यक्रम रहेकाे थियाे सभापति शाहिले भने , प्रधानमन्त्रीकाे कार्य ब्यस्तताले भाैतिक रुपमै उपस्थित नभएर पनि भर्चुअल मार्फत कार्यालय र शालिककाे उद्घाटन गर्ने कार्यक्रमकाे तय भएकाे  नेपाली कांग्रेस मुगुले जनाएकाे छ ।

सभापति शाहीका अनुसार प्रधानमन्त्रीकाे भाैतिक रूपमै उपस्थित भएर पनि भर्चुअलमार्फत कार्यालय र गमगढीकाे माथिल्लो बजार अदालत चाेकमा निर्माण भएकाे कांग्रेस मुगुका संस्थापक सभापति बखत बहादुर शाहिकाे सदरमुकाम शालिककाे उद्घाटन गर्ने कार्यक्रमकाे तयारी भए पनि  देउवाकाे कार्यव्यस्ताका कारण भर्चुअलमार्फत गर्न लागिएकाे हाे । 

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार १३:०७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।