Logo

अल्पकालीन लगानीकर्ता हाबीहुँदा शेयर बजारमा सामान्य करेक्शन, ११ अर्ब माथिको कारोबार



मंगलबार शेयरबजारमा अल्पकालीन लगानीकर्ता हाबीहुँदा सामान्य करेक्शन भएको छ । शेयर बजार परिसूचक नेप्से ६.४७ अंकले घटेर २८१६.६० अंकको विन्दुमा बन्द भएको छ । 

शेयरबजारमा केरेक्शन आउँदा शेयरबजारका सम्पूर्ण परिसूचकहरु राताम्मे देखिएका छन् । क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक पनि ४.५१ अंकले ओरालो लाग्दै ५०३.९९ अंकमा बन्द भएको छ । 

मंगलबार दुई सय १९ कम्पनीको एक लाख १२ हजार १४८ पटकको व्यापारमा २ करोड ३४ लाख ६५ हजार ६७५ कित्ता शेयरको खरिदविक्री हुँदा ११ अर्ब १३ करोड ३३ लाख ९८ हजार १०७ रुपैयाँ ५६ पैसा बराबरको कारोबार भएको छ । 

आज अरुण काबेली पावर लिमिटेडको सर्वाधिक ३३ करोड ८३ लाख ३७ हजार ५८९ रुपैयाँ बराबरको कारोबार भएको छ । शेयर संख्याका आधारमा भने नेशनल हाईड्रो पावर कम्पनी लिमिटेडको आठ लाख ९७ हजार १० कित्ता शेयरको खरिद विक्री भएको छ । 

कारोबार संख्याका आधारमा हाइड्रो इलेक्ट्रिसिटि डेभलप्मेन्ट कम्पनी लिमिटेडको सर्वाधिक तीन हजार ६ सय ४४ पटकको व्यापारमा ३० करोड ३४ लाख २२ हजार ६ सय ९९ रुपैयाँ बराबरको कारोबार भएको छ । 

६ अंकले घटेको बजारमा ४ कम्पनीको शेयर मूल्य नौँ प्रतिशत भन्दा धेरैले बढेको छ । त्यस्तै मल्टिप्रपोज फाइनान्सको लगानीकर्ताले मंगलबार सर्वाधिक ३.२२ प्रतिशतले गुमाएका छन् । 

मंगलबारको समूहगत परिसूचक भने मिश्रित देखिएका छन् । १३ समूहको कारोबार भएकोमा ६ समूहको परिसूचक बढ्दा सात समूहको परिसूचक घटेको छ । जलविद्युत र जिवन बीमा समूहको परिसूचक २ प्रतिशत भन्दा धेरैले बढ्दा बैकिङ्ग, विकास बैंक, लगानी र अन्य समूहको परिसूचक एक प्रतिशत भन्दा धेरैले बढेका छन् । बाँकि समूहको परिसूचक सो भन्दा कम अंकले घटबढ भएका छन् ।  

६.४७ अंकले घटेको बजारमा ८० कम्पनीको शेयर मूल्य घट्दा ९५ कम्पनीको शेयर मूल्य बढेको छ । बाँकि सात कम्पनीको शेयरमूल्य भने स्थीर रहेको छ । 

प्रकाशित मिति : जेष्ठ ११, २०७८ मंगलबार  ३ : ३१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।