रुपन्देही: ओमसतीया गाउँपालिका-५ पिप्रहीया बस्ने ६५ वर्षीय गोबिन्द गाहाको सोही ठाउँस्थित रोहीणी खोलामा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ । खोलामा माछा मार्ने क्रममा डुबेर अशक्त भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।
सुर्खेत: भेरीगंगा नगरपालिका-८ बस्ने शेर बहादुर वलीकी १० वर्षीया छोरी सम्झना वलीको गोचे खोलामा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ । गुर्भाकोट नगरपालिका-७ र भेरी गगां नगरपालिका-८ को सिमानामा रहेको उक्त खोलामा पौडी खेल्ने क्रममा डुबेर अशक्त भएकी उनको मेहेलकुना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया