Logo

शेयर बजार

राष्ट्र बैंकले वित्तीय संस्थालाई ट्रेडिङ गर्नबाट लगायो रोक



नेपाल राष्ट्र बैंकले बैंकबाट शेयर बजारमा हुने लगानीलाई थप कडाइ गरेको छ ।

मंगलवार एक परिपत्र जारी गर्दै केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई शेयर बजारमा लगानी गर्न कडाइ गरेको हो ।

नयाँ व्यवस्थाअनुसार कुनै पनि कम्पनीको दोस्रो बजारमा सूचीकृत भएको एक वर्षभन्दा कम समयका लागि लगानी गर्न पाइने छैन ।

‘सर्वसाधारणमा शेयर बिक्री गरी धितोपत्र विनिमय बजारमा सूचीकृत भइसकेको संगठित संस्थाको शेयर तथा डिबेन्चर एक वर्षभन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाइनेछ । बैंक तथा वित्तीय संस्थाले कुनै पनि किसिमको प्रबन्धबाट संगठित संस्थाको शेयरमा अल्पकालीन लगानी गर्न पाउने छैनन्,’ राष्ट्र बैंकले भनेको छ ।

त्यसैगरी खरिद गरेको एकवर्ष व्यतीत भएका लगानीमध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको १ प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न सक्नेछन् । यसअघि बैंकहरुले आफ्नो प्राथमिक पुँजीको ३० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था थियो । 

https://www.nrb.org.np/contents/uploads/2021/05/circular-No-9.pdf

 

प्रकाशित मिति : ११ जेष्ठ २०७८, मंगलबार  ५ : ०५ बजे