Logo

उपत्यकामा एक साता निषेधाज्ञा थप



काठमाडौं । कोभिड संक्रमण नियन्त्रणमा नआएपछि राजधानीमा थप ७ दिन निषेधाज्ञा थप गरिएको छ ।

काठमाडौं उपत्यकामा १६ वैशाखबाट जारी निषेधाज्ञा थप लम्ब्याइने भएको छ। यससँगै अब जेठ २० गतेसम्म निषेधाज्ञा हुने भएको छ ।

 

संघ सरकारले स्वास्थ्य आपत्काल घोषणाको तयारी गरिरहेका बेला काठमाडौँका तीनवटै जिल्लामा थप ७ दिन निषेधाज्ञा लम्ब्याउने निर्णय भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसार भट्टराईले जानकारी दिए । 

मंगलबार उपत्यकाका तीनवटै जिल्लाका प्रमुखहरुको बैठक यस्तो निर्णय गरेको हो ।

यसअघि उपत्यकामा वैशाख १६ बाट जारी निषेधाज्ञा बिहीबार सकिँदै छ। २२ वैशाखमा पुनः एक साता र ३० वैशाखमा पुन: दुई साताका लागि थपिएको थियो।

त्यस्तै बैठकले सरकारी गाडीलाई दिउँसो सञ्चालन गर्न नदिने निर्णय गरेको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले अनलाइनपानासँग भने, ‘अब सरकारी कार्यालय, बैंक, सार्वजनिक संस्थान र इन्टरनेट सेवा प्रदायकका सवारीसाधन बिहान साढे ९ बजेदेखि साढे १० सम्म र साँझ ५ बजेदेखि ६ बजेसम्म मात्र चल्न पाउनेछन् ।’

प्रकाशित मिति : ११ जेष्ठ २०७८, मंगलबार  ५ : ५४ बजे