Logo

चक्रवातकाे असर शनिबारसम्म, यी क्षेत्रमा भारी वर्षा र हिमपातकाे सम्भावना



यास नामक शक्तिशाली चक्रवातकाे असर नेपालमा परेकाे छ।

चक्रवातका कारण बुधबार बिहान बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भएकाे छ।

दिउँसो प्रदेश १, २, बागमती, गण्डकी, लुम्बिनी प्रदेशमा केही स्थान र बाँकी प्रदेशका एक वा दुई स्थानमा वर्षाको सम्भावना  छ। प्रदेश १ मा एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

गण्डकी, बागमती प्रदेश र प्रदेश १ का हिमाली र उच्च पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको  माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ।

महाशाखाका अनुसार बिहीबार प्रदेश १, प्रदेश २, लुम्बिनी, गण्डकी तथा बाग्मती प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ। बाँकी प्रदेशमा पनि पानी पर्नेछ।

शुक्रबार देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, लुम्बिनी, गण्डकी तथा बाग्मती प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। देशका हिमालीर उच्च पहाडी भूभागमा हल्कादेखि मध्यम हिमपात र वर्षा को सम्भावना रहेको छ।

शनिनबार प्रदेश १, २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ तथा उक्त प्रदेशका तराईका भूभागहरुमा उच्च बेगको हावाहुरि तथा अति भारी वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति : जेष्ठ १२, २०७८ बुधबार  ६ : ३८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।