Logo

पर्सा प्रशासनले भन्यो – हामीले कुनै नागरिकता जारी गरेका छैनौं 



जिल्ला प्रशासन कार्यालय पर्साको नाम जोडेर हालै समाजिक सञ्जालमा नागरिकता वितरण सम्बन्धी विषयलाई लिएका भएका पोष्ट र आएका समाचारहरु प्रति खेद प्रकट गर्दै जिल्लाबाट कुनै नगरिकता जारी नभएको विज्ञप्ती जारी गरेको छ ।

देशका अन्य भाग जस्तै पर्सा जिल्लामा पनि नयाँ भेरियन्ट सहितको कोभिड १९ को संक्रमणको बढ्दो अवस्थालाई नियन्त्रण रोकथाम र संक्रमणको श्रृंखला तोड्नगर्न यही २०७८ साल बैशाख १६ गते देखि जिल्लाभर लागु हुने गरी निषेधाज्ञा लागु गरिएको र सो निषेध आदेश हाल सम्म जारी रहेको छ ।

निषेधाज्ञा जारी भएको हालको अवस्थामा कार्यालयबाट शान्ति सुरक्षा कोभिड नियन्त्रण संग सम्बन्धित कार्य एवं अत्यावश्यक काम बाहेक अन्य सबै प्रकारका सेवा प्रवाह हाल स्थगन गरिएको जनाएको छ । तसर्थ नागरिकता वितरणको कार्य पनि यस निषेधाज्ञा अवधिमा नगरिएको एंव नभएको व्यहोरा स्पष्ट पारेको छ । 

यस बीचमा निषेधाज्ञा अवधिमा ठुलो भिडभाड जम्मा गरी धेरै नागरिकता वितरण भएको भनी केही वर्ष पुरानो जस्तो देखिने भिडियो फुटेज समेत राखी सामाजिक सञ्जालमा भएका पोष्ट एंव आएका समाचारहरु आधारहीन, असत्य र कपोल कल्पित भएको कुरा सबैमा जानकारी गराएको छ । 

विज्ञप्ती_पत्र_नयाँ.jpg

प्रकाशित मिति : १२ जेष्ठ २०७८, बुधबार  १ : ३४ बजे