Logo

अन्तरवार्ता

प्रतिस्पर्धी बैंकिङ बजारमा कामना सेवा विकास बैंक सबैभन्दा अब्बल छ : सीइओ प्रविण बस्नेत [अन्तर्वार्ता]



५ अर्ब अधिकृत पूँजी, ३ अर्ब बढी चुक्ता पूँजी रहेको कामना सेवा बिकास बैंक अहिले राष्ट्रिय स्तरको विकास बैंकको रुपमा सशक्त बन्दै अघि बढेको छ । अन्य विकास बैंकको तुलनामा आक्रमक गतीमा शाखा र नविनतम् डिजिटल सेवामार्फत करिव ५ लाख सदस्य बनाउन सफल बैंकका सीइओ प्रविण बस्नेतसँग बैंकको भावी योजना, अर्थतन्त्रमा देखिएको अहिलेको संकट र समाधानका विषयमा अनलाइनपाना डटकमले गरेको कुराकानीको संम्पादित अंश :

कामना सेवा विकास बैंकको पछिल्लो वित्तीय अवस्था कस्तो छ ?

कामना सेवा विकास बैंक अहिले साँच्चै अर्थमा उत्कृष्ट विकास बैंक बन्न सफल भएको छ ।देशव्यापी रुपमा यसका १ सय ३४ शाखा सञ्जाल ,७७ वटा एटीएम र एउटा एक्स्टेन्सन काउन्टर र करीव ५ वटा ब्रान्चलेस बैंकिङ गरी यसले देशव्यापी रुपमा सहज रुपमा सेवाहरु दिइराखेको छ । हाम्रा प्रोडक्टहरु ग्राहकहरुले धेरै नै मन पराइदिनुभएको छ । अहिले हाम्रो पार्टफोलियामा ऋण ४५ अर्वको हाराहारीमा र डिपोजिट ५० अर्वको हाराहारीमा रहेको छ । हामी करिव १हजार जना कर्मचारी छौं, ५ लाखको हाराहारीमा ग्राहकलाई सेवा दिइरहेका छौं । हाम्रो पेमेन्ट ट्रान्जेक्सन समेत हेर्ने हो भने ७० प्रतिशत ग्राहकलाई डिजिटल माध्यमबाट र ३० प्रतिशतलाई भौतिक माध्यमबाट सेवा दिइरहेका छौं ।

यहाँले भन्नुभयो हाम्रा प्रोडक्टहरुलाई ग्राहक वर्गले अत्यधिक मन पराउनुभयो, कस्ता कस्ता सेवाहरु छन् जुन अत्यधिक रुचाइए ?

सबैभन्दा महत्वपूर्ण कुरा हाम्रो डिजिटल प्रोडक्ट्सहरु जस्तो अनलाइन एकाउन्ट ओपनिङका कुराहरु भए, अनलाइनबाटै लोनको आवेदनका प्रोसेसहरु भए, अनलाइनबाट डीम्याट खोल्ने काम भए, अनलाइनबाटै मेरो शेयर सेवा लिने कामहरु त्यस्तै मोबाइल बैंकिङहरुका सेवाहरु, इन्टरनेट बैंकिङका सेवाहरु र हामीले यस्तो प्रोडक्टहरु एडिसनल फिचर सहित ल्याएका छौं । ओम्नी च्यानल बैंकिङ भनेर एउटै लगइनबाट विभिन्न च्यानलबाट सर्भिस दिनसक्ने मेकानिजम् तयार पारेका छौेंं, जुन पहिलोपटक नेपालमा विकास बैंकहरुमध्ये पहिलो र कमर्शियल बैंकहरुमा पनि छिटो हामीले ल्याएका छौं । लोन प्रोडक्ट्सहरुमा पनि ३ दिनभित्र निधो दिने गरी मार्केटिङ फोकस गरेका थियौं,जसअनुरुप हामीले ३ दिनभित्र निर्णय दिने गरी काम गरेका छौं यी कुराहरु ग्राहकहरुले अत्यधिक मन पराइदिनुभएको छ ।

प्रतिस्पर्धी बैंकिङ बजारमा आफूलाई थप सशक्त र अब्बल बनाउन कस्तो किसिमको रणनीति बनाउनुभएको छ ?

हाम्रो प्रमुख रणनीति भनेको हाम्रो ग्राहक महानुभावहरुलाई कसरी सन्तुष्ट बनाउने भन्ने नै हो । एक त हाम्रो इनोभेटिभ र्सिर्भस र प्रोडक्टमार्फत सम्पूर्ण जनसमुदायलाई जानकारी दिनेभयो । अर्को जो महानुभाव यो बैंक कस्तो रहेछ ट्राई गरौंन भनेर आउनेहरु हुनुहुन्छ, उहाँहरुलाई हामिले अब्बल सेवा दिएर प्रभावित पारेर, ऋणको प्रोसेसिङ समय कम भन्दा कम बनाएर खुशी बनाउने हो, यसैको माध्यबाट हामी निरन्तर अगाडि बढिरहनेछौं ।

पछिल्लो समय बैंक तथा वित्तिय संस्थामा तरलताको चरम संकट छ, यसबाट बैंकलाई कत्तिको असर गरेको छ ?

अछुतो छैन, यही अर्थतन्त्रकै पार्ट हौं हामी पनि र आजको दिनमा आउँदा यो बैंकले राष्ट्रिय अर्थतन्त्रको जम्मा १ प्रतिशत मात्र हिस्सा लिएका छौं । हिजोको जस्तो सहज अवस्था छैन, तरपनि विकास बैंक भएको हिसावले हाम्रो धेरै जोड संस्थागत बचतकर्ता, ठूलठूला संस्थाबाट बचत ल्याउने भन्दा पनि छरिएर रहेका गाउँठाउँमा रहेका हाम्रा ससाना बचतकर्ता रहेको हुँदा अन्य बैंकको तुलनामा सहजनै छ । अर्कोतर्फ ऋणमा पनि हामीले ठूलाठूला ऋणतर्फ फोकस गर्नुको सट्टा साना तथा मझौला ऋणमा फोकस गरेकोले उहाँहरुको मागलाई हामीले प्राथमिकताका आधारमा आजको दिनसम्म व्यवस्थापन गर्न समर्थ नै छौं । पक्कैपनि अछुतो त छैनौ, तैपनि हामी त्यती गम्भीर रुपमा आक्रान्त भइसकेका छैनौं भोलीका दिनमा अझ असहज होलाकि भन्ने डरले सताइरहेको अवस्था चाहीँ पक्कै हो ।

सीइओ प्रविण बस्नेत

त्यसो भए अहिलेको तपाईहरुको अवस्था भनेको कर्जा लगानीलाई त्यति असहज भइनसकेको अवस्था हो ?

पुरै सहज अवस्था त पक्कै पनि होइन तर केही लिक्विडिटीको अवस्था हेर्दै लोन डिमाण्ड गर्ने हाम्रा ग्राहक महानुभावहरुको एमर्जेन्सीको आधारमा लोन दिइरहेका छौं । जस्ताे : घर बनाउन कसैले कर्जा लिनुभएको छ, किस्ताबन्दीमा छ । डीपीसी गर्नुभयो, एक दुई किस्ता लैजानुभयो, दुई तला ढलान गर्नुभयो अर्को किस्ता लिन आउँदा हामीले नाई भनेका छैनौं । त्यही भएर अर्जेन्सी र हाम्रो लिक्विडिटी अनुरुप सकेसम्म व्यालेन्स गरेर उहाँहरुलाई सेवा दिइरहेका छौं ।

कामना सेवा विकास बैंकले डिजिटल सेवाहरुलाई आक्रामक रुपले अगाडि बढाइरहेको हामीले देखिरहेका छौं, नयाँ कस्ता कस्ता डिजिटल प्रोडक्ट आउँदैछ ?

मूख्यतया हामीले ब्रान्चलेस बैंकिङ धेरै एक्स्प्लोर गरिरहेका थियौं । ब्रान्चलेस बैंकिङमा पनि मोबाइल एप प्रयोग गरेर बैंकिङ सेवा गर्ने पद्दती आएको रहेछ । यसले सहज रुपमा बैंकिङ पहुँचभन्दा बाहिर रहेका धेरै जनसंख्या लाभान्वित हुने रहेछन् , त्यसकारण हामीले अहिले ब्रान्चलेस बैंकिङ्लाई नै प्रवर्धन गरिरहेका छौं । त्यस्तो ब्रान्चलेस बैंकिङ खोल्दा बैंकहरु नपुगेको ठाउँमा हामी पुग्दैछौं । तुरुन्तै हाम्रो क्रेडिटकार्ड आउँदैछ ।यो चाहीँ विकास बैंकहरुमध्ये पहिलो मुभरको रुपमा आउँदैछ जुन सिमित ग्राहकलाई हामीले उपलब्ध गराउँदैछौं ।

अर्को हामीले युपीआई कार्डहरु लन्च गर्ने टेस्टको फेजमा छौं । यसअघिनै आइसकेको सोसल मिडिया बैंकिङ जहाँ मेसेन्जर भाइवर प्रयोग गरेर सम्पूर्ण बैंकिङ कामहरु र जानकारी लिन सक्नुहुनेछ । स्टेटमेन्ट घर बसीबसी प्राप्त गर्न सकिनेछ,बैंकमा अफिसियल कामका लागि एपोइन्टमेन्ट लिन सकिनेछ । साथै अनलाइनबाटै चेक रिक्वेजिसन लगायतका सेवा पनि लिन सकिनेछ । साथै ओम्नी च्यानल मोबाइल बैंकिङ मार्फत एउटै लगइनबाट इन्टरनेट बैंकिङदेखि लिएर लोन अप्लाइ गर्न मिल्ने, फिक्स्ड डिपोजिट खोल्न मिल्ने, चेक रिक्वेजिसन गर्न सकिने जस्ता विशेषता भएको ओम्नी च्यानलको मोबाइल बैकिङ हामीले लन्च गरिसकेका छौं ।

विशेषगरी विकास बैंक भनेको दुरदराज र ग्रामिण इलाकामा बैंकिङ साक्षरता पुर्याउन र बैंकिङ कारोवार सेवालाई बिस्तार गर्ने हो त्यस उद्देश्यमा यो बैंक कति सफल भएको छ ?

यहाँको कुरामा सहमत छु, तर कालान्तरमा रहँदा बस्दा हामी नेशनल लेभलको डेभलेपमेन्ट बैंक भयो । हामीले फेरी शहरमा आएर वाणिज्य बैंकहरुसँग प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता छ । त्यही भएर आजको दिनमा अब युनिभर्सल बैंकिङको धारणा लिएर हामी सबैको स्कोप एउटै हुँदाखेरी अलग किसिमले गइएला तर आजको दिनमा पनि केही कुराहरुको फरकपन बाहेक हामीले प्रतिस्पर्धा गर्नुपर्ने लेयर एउटै नै छ । त्यसकारण हामीले यहाँले भने जस्तो दुरदराजमा बैंक बारे खासै ज्ञान नभएका र भरखरै व्यवसाय सुरु गरेका जस्ता ग्राहकहरुलाई पनि समेट्न पर्ने छ ।

अर्का तर्फ एकदमै अप्ठेरा खालका एलसी खोल्ने निवेदन बोकेर आउने ग्राहकहरुलाई पनि समेट्नपर्ने छ । त्यस्तै हामीले युवावर्ग र साक्षर ग्राहकवर्गले माग गर्ने विभिन्न डिजिटल सेवाहरुलाई पनि फोकस गरेका छौं । चैत्र महिनामा हामीले फाइनान्सियल लिटरेसी कार्यक्रम, विशेषगरी जहाँ यसको बढी महत्व छ त्यहाँ हाम्रा शाखाका साथीहरुले क्याम्पियन पनि सञ्चालन गरिरहनुभएको छ । फिजिकल्ली आफैं बैंकमा आएर जानकारी लिन नसक्ने ग्राहकहरुलाई टार्गेट गरेर कसरी बैंक नधाई बैंकिङ सेवा लिन सकिन्छ भन्नेबारे साक्षरता र अनलाइन ट्रेनिङ दिइरहेका छों ।

हामी चैतको करिव मध्य मध्यमा छौं, चैतपछि यो संस्थाको वित्तिय अवस्था सार्वजनिक हुनेछ, अवका दिनमा कामना सेवा विकास बैंकको वित्तिय अवस्थामा कहाँ उभिएला ?

अव यो स्थान भन्ने कुरा चाहीँ मेरो अनुभवमा एउटा मात्र तत्वले निर्धारण गर्ने भन्ने हुँदैन । अवश्य वित्तिय पफर्मेन्स् एउटा पार्ट हो तर भोल्युम कहाँ पुग्यो डिपोजिट र लोन कति छ ? मुनाफा कति छ ? ब्रान्च कति छन् ? एटीएम कति छन् ? स्टाफ संख्या कति पुगे, जस्ता कुराहरुले निर्धारण पनि हुन्छन् , तर सबैभन्दा महत्वपूर्ण समाजमा हामीले कति योगदान दिन सक्यौं, राष्ट निर्माणमा हामीले कति योगदान दिन सक्यौं हाम्रा सेवाग्राहीहरुको जिवन परिवर्तनमा के भूमिका खेल्यौं त्यो विशेष महत्वपूर्ण तत्व हो हाम्रो सफलता मापनको । हाम्रो भिजन छ, राष्ट्र निर्माणमा सबैभन्दा बेशी योगदान गरौं भन्ने हो । राष्ट्र निर्माणमा धेरै योगदान दिन धेरै भन्दा धेरै ग्राहकलाई सेवा दिनपर्ने हुन्छ, समाजमा धेरै संस्थागत उत्तरदायीत्वका काम गर्नुपर्ने हुन्छ । धेरैभन्दा धेरैलाई रोजगारी दिलाउनपर्ने हुन्छ । जती धेरै हामीले यी कामहरु गर्न सक्छौं, त्यती हाम्रो उद्देश्य पूर्ति हुने हुँदा हाम्रो यो यात्रा अनवरत जारी हुनेछ । जति धेरैलाई हामीले हाम्रो सरल प्रक्रियाबाट बैंकिङ पहुँचमा ल्याउन सक्छौं त्यसले हाम्रो सफलताको कडी मापन गर्ने हो ।

दीगो विकास लक्ष्य हाँसिल गर्न र अर्थतन्त्रलाई मजबुत बनाउन विकास बैंकहरुको भूमिका कस्तो रहन्छ ?

विकास बैंकहरुको भूमिका धेरै ठूलो रहेको छ । किनभने हिजोको दिनमा विकास बैंकहरु कन्सेप्टचुअल्ली जहाँ जहाँबाट स्थापित हुनुभयो । दुर दराजमा हाम्रा नव उद्यमी साथीहरु हुनुहुन्थ्यो, त्यस्तै जनसमुदायलाई उहाँहरुले वित्तीय पहुँचले जिवन परिवर्तर्न कसरी हुन्छ भन्ने जानकारी दिन सफल हुनुभयो । र त त्यस्तो समुदायलाई आज हामीले बैंकिङ च्यानलमा समाहित गर्न सकेका छौं । हिजोको दिनमा हामीसँग ५ लाख १० लाख ऋण लिएर उद्यम गर्नेहरु आज करोडौंको कारोवार गर्ने भइसक्नुभएको छ । दुःखको कुरा उहाँहरु आज हाम्रो क्षेत्राधिकार भन्दा माथिको ऋण लिन ठुला कमर्शियल बैंकमा पुग्नपर्ने बाध्यता छ । बैंकको बारेमा सामान्य ज्ञान नभएका समुदायलाई हामीले हात समाएर बैंकिङ संस्कृति अनुशरण गर्नेसम्मकोे बनाएका छौं । त्यस हिसावले पनि विकास बैंकले पुलको रुपमा काम गरेको जस्तो लाग्छ ।

दोस्रो कुरा हाम्रो रोड अझ भनौं टार्गेटेड ग्रुप ग्रामिण समुदायका मानिस भएकाले कोर कस्टमरर्सहरु उहाँहरु भएकाले कतिपय हामीले खोलेका शाखाहरु ती ठाउँको पहिलो वित्तीय संस्था रहेका छन् र ती ठाउँहरुमा आजको दिनमा पनि हाम्रो बैंकको राम्रो पकड रहेको छ । अन्य ठूला संघसंस्थाको डिपोजिट चाहीँ अहिलेसम्म लिन नमिल्ने जुन पोलिसि छ त्यसले हामीले चाहे जति प्रतिस्पर्धा गर्न सकेका छैनौं । तर मलाई विश्वास छ यसमा सम्वन्धित निकायहरुलाई विश्वास दिलाउन सक्नेछौं, हामी पनि यस्ता संस्थाका डिपोजिट लिन पनि योग्य छौं भनेर आश्वस्त पार्ने काममा सफल हुनेछौं, विश्वस्त छौं ।

अहिले राष्ट्र बैंकको भूमिका र मौद्रीक नीतिमा भएको केही व्यवस्थालाई लिएर कतिपय बैंकहरुले असन्तुष्टि जनाइरहेको हामी पाउँछौं, राष्ट्र बैंकको जुन अभिभावकीय भूमिका हुन पर्ने हो त्यो भएको छ कि छैन ?

सबैभन्दा महत्वपूर्ण भूमिका अनुसारको काम हुनुपर्छ भन्ने हो । म एउटा विकास बैंकको सीईओ भएको हिसावले मैले यो देशको नीति नियमहरु के तर्जुमा भएका छन् त्यसको बिचमा बसेर मैले लिड गरेकोे बैंकलाई राम्रो कसरी बनाउने, शेयरहोल्डरलाई राम्रो रिटर्न कसरी दिने, डिपोजिटरलाई राम्रो व्याज कसरी दिने, कस्टमरलाई कम व्याजदरमा कसरी ऋण उपलब्ध गराउने भन्ने जस्ता कुरामा म केन्द्रित हुनपर्छ । त्यस्तै राष्ट्र बैंकले बेला बेला जारी गर्ने नीति नियमलाई अक्षरसः पालना गर्ने मेरो दायित्व हुन्छ । बाइडिफल्ट रोल राष्ट्र बैंकको छ, उसले सिमीत व्यक्ति वा संंस्थाहरुको स्वार्थलाई बढावा दिने नीति नियम बनाउन सक्ने तर्फ सचेत हुनपर्नेछ । यसका लागि सम्पूर्ण सरोकारवालाहरुसँग त्यस्ता नियम ल्याउनुअघि गहन छलफल चलाउन आवश्यक हुनछ । तथापि जुन नीति नियम ल्याइएको छ, त्यसमा वादविवाद गर्ने ठाउँ त छन् तर समष्टिगत रुपमा राष्ट्र बैंकको नीतिप्रति म सन्तुष्ट नै छु । हालैको दिनमा ब्यालेन्स अफ पेमेनट बीओपीलाई बढाउन र अर्थतन्त्रलाई स्थायीत्व दिने प्रयास अनुरुप चालिएका कदमलाई मैले सकरात्मक रुपमा लिएको छु ।

हामी अर्थतन्त्रका केही सूचकलाई हेर्दा संकटउन्मुख अवस्थामा छौं, अव यो संकटबाट पार पाउन तपाई एउटा विकास बैंकको पनि नेतृत्व गरिरहनुभएको सीईओको हिसावले बैंक वित्तिय संस्था सरकार व्यापारी र आम मानिसले कस्तो भूमिका निर्वाह गर्नुपर्ला ?

अर्थतन्त्रको एउटा चक्र हुन्छ । त्यो साइकल सबै विधामा लागू हुन्छ, अर्थतन्त्रमा मात्र होइन । हरेक कुरामा पेन र प्लेजरको साइकल हुन्छ । केही दुःखका चरणहरु पार गरेपछि फेरी सुखद समय पनि आउँछनै । अहिलेको हाम्रो अर्थतन्त्रमा देखिएको संकट चाहीँ हामी सरकार या नागरिक सबै सुखनै सुख चाहने मात्र भएर पनि हो जस्तो लाग्छ । सुख पाउन दुःख लिन तयार नभएर हो जस्तो लाग्छ, हामी भन्दा धेरै नाजुक अवस्थामा भएका मुलुक साउथ कोरिया, चाइना जस्ता देशहरुले त्यो कष्ट सहे, त्यो कष्ट भनेको कतिपय समयमा मुलुकको निमित्त कतिपय आफ्ना चाहनाहरु मार्न पर्ने हुन्छ जस्तो आजको दिनमा हाम्रो मुलुकमा आयात हुने कतिपय विलासिताका सामानले विदेशी मुद्रा सञ्चिती घट्दै गएको छ ।

अहिले राष्ट्र बैंकले कडाई गर्दा ती सामान उपभोग गर्नेलाई पक्कै असर त गर्नेछ तर मुलुकको अर्थतन्त्र नाजुक बनेको त्यो समयमा त्यस्ता बस्तु उपभोग नगर्दा पनि हुन्छ भन्ने मानसिकता बनाउन सक्नुपर्छ । हामीमा व्यक्तिवादी प्रवृत्ति हावी छ, देशको हितमा हामी कमैले सोच्ने भएका छौं । अर्को कुरा मुलुक रेमिट्यान्समुखी अर्थतन्त्र बनिरहेको अवस्था छ तर त्यो दीगो खालको छैन । एकत हाम्रा म्यानपावर दक्ष छैनन् त्यसकारण रेमिट्यान्समा कुनै परिवर्तन आएको छैन दक्ष म्यानपावर बनाउन सकेन रेमिट्यान्स पनि बढ्ने हो । त्यसकारण आज बिग्रिएको अर्थतन्त्र छ भने त्यो हामी सबैको हात छ । जवसम्म हामी देशको लागि अर्थतन्त्र सुधार गर्न पेनलाई आत्मसाथ गर्न सक्दैनौं अर्थतन्त्र सहज होला भन्न सकिने अवस्थामा छैनौं ।

प्रकाशित मिति : चैत्र २०, २०७८ आईतबार  ३ : १० बजे