Logo

समाचार

डिसेम्बरसम्म ६० करोडलाई काेराेना खाेपकाे दुवै डाेज लगाउने भारतको लक्ष्य



भारतले काेराेना महामारी नियन्त्रणमा लिन खाेप अभियानलाई तीव्रता दिएकाे छ। महामारीकाे चपेटामा रहेकाे भारतले पछिल्लाे पटक विदेशमा खाेप बेच्न राेक लगाइसकेकामा नागरिकलाई खाेप लगाउन तीव्रता दिएकाे छ।

यसैबीच, भारतले आगामी डिसेम्बरसम्म ६० करोड मानिसलाई कोरोनाविरुद्धको खाेपकाे दुवै डाेज लगाइसक्ने लक्ष्य सार्वजनिक गरेकाे छ।

समाचार एजेन्सी एएनआइले उल्लेख गरे अनुसारजुलाईसम्म खोपको अभाव अन्त्य हुनेछ भने डिसेम्बरसम्ममा ६० करोड मानिसलाई लगाइसकिनेछ।

भारत विश्वकै धेरै जनसंख्या रहेकाे देशकाे दाेस्राे नम्बरमा पर्छ। सबैभन्दा बढी जनसंख्या चीनमा छ भने भारतमा मात्र १ अर्ब ३८ कराेड जनसंख्या छ। 

मेदान्त अस्पतालका अध्यक्ष डा नरेश त्रेहानले झण्डै ६० करोड मानिसलाई खोपले पूर्णरुपमा काम गर्न थालेको अवस्थामा मानवीय क्षति कम भइ महामारी न्यून हुने विश्वास व्यक्त गरे।

भारतमा अहिलेसम्म २० करोड डोज खोप लगाइएको छ। कोरोना भाइरस महामारीको दोस्रो लहरका कारण सङ्कटमा परेको भारतमा पछिल्ला केही दिनदेखि सङ्क्रमण दरमा कमी आएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई लाख ११ हजार पाँच सय ५३ जनामा सङ्क्रमण पुष्टि भएको छ भने तीन हजार आठ सय ४२ जनाको ज्यान गएको छ।

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहिबार  ६ : ५२ बजे