Logo

उपचारको क्रममा कोरोना सङ्क्रमित वडाध्यक्षको निधन



पाँचथर : कोरोना भाइरस सङ्क्रमण भई उपचाररत हिलिहाङ गाउँपालिका–४ का वडाध्यक्ष श्रीप्रसाद शिगूको उपचारका क्रममा आज बिहान निधन भएको छ ।

दुई सातादेखि झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचाररत वडाध्यक्ष शिगूलाई आज बिहान चिकित्सकले मृत घोषित गरेको गाउँपालिकाका अध्यक्ष भुवानीप्रसाद लिङदेनले पुष्टि गरेका छन् ।

शवको व्यवस्थापन झापामै गर्ने तयारी भइरहेको उनले जानकारी दिएका छन् । “परिवारजन र झापा प्रशासनसँग समन्वय गरिरहेका छौँ”, अध्यक्ष लिङ्देनले भन्नुभयो, “झापामै शव व्यवस्थापन हुन्छ ।”

कोरोना भाइरसको सङ्क्रमण भएपछि वडाध्यक्ष शिगूलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो । शरीरमा अक्सिजनको मात्रा बढ्न नसकेपछि लामो समय उनलाई बिएण्डसी अस्पतालको सघन उपचारकक्षमा राखी उपचार भइरहेकामा आज बिहान चिकित्सकले मृत घोषणा गरेका हुन् ।

प्रकाशित मिति : जेष्ठ १३, २०७८ बिहीबार  १२ : ४६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।