Logo

लिभरपुलका सेडियो माने कोरोना संक्रमित



लिभरपुलका सेडियो माने कोरोना भाइरसबाट संक्रमित बनेका छन् । अब उनले एस्टन भिल्लाविद्ध हुने लिभरपुलको खेल गुमाउनेछन् ।  सेलेगलका फरवार्ड माने अहिले सेल्फ आइशोलेसनमा छन् । 

मानेलाई सामान्य लक्षण देखिएको छ, उनको स्वास्थ अवस्थामा भने खराब छैन । यद्यपी, इंलिस प्रिमियर लिगको डिफेन्डिङ च्याम्पियन लिभरपुलका लागि यो निकै दुखद् खबर हो । लिगका सुरुवाती तीन खेलसम्म निरन्तर जित निकालेको लिभरपुलको प्रदर्शन स्टार खेलाडीहरु संक्रमित हुँदै जाँदा खस्न सक्छ । 

एस्टन भिल्लाविरुद्धको खेलमा थिएगो अल्कान्टारा नखेल्ने यसअघि नै तय थियो । उनलाई सोमबार कोरोना संक्रमण देखिएको थियो र अब यो सुचीमा माने थपिएका छन् । पछिल्लो चरणको परीक्षणका दौरान प्रिमियर लिगमा आबद्ध १० जना व्यक्तिहरुमा कोरोना भाइरस देखिएको छ । म्यानचेस्टर सिटीका इल्के गुन्डोगान, वेस्टह्यामका प्रशिक्षक डेभिड मोयसलगायतको नाम यसमा समावेश छ । 

कोरोना भाइरसको दोस्रो लहरले बेलायतलाई नराम्ररी प्रभावित गरेको छ । शुक्रबार यहाँ झन्डै ७ हजार कोरोना संक्रमित भेटिए भने ६६ जनाको मृत्यु भयो ।

संक्रमणले भयावह रुप लिएपछि स्कटिस प्रिमियरसिपअन्तर्गत मदरवेल र किल्मार्नकबीच तय भएको शुक्रबारको खेल स्थगित गरिएको थियो । किल्मार्नकका ६ खेलाडीमा कोरोना संक्रमण देखिएपछि पुरै टोली १४ दिने आइशोलेसनमा पुुगेको छ । 

प्रकाशित मिति : आश्विन १७, २०७७ शनिबार  १ : ५६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।