Logo

घाँस काट्ने क्रममा लडेर मृत्यु 



दोलखा : गौरीशंकर गाउँपालिका-८ खारे बस्ने ७३ वर्षीय वीर बहादुर तामाङको रुखबाट लडेर बुधबार दिउँसो मृत्यु भएको छ । आफ्नै बारीको रूखमा घाँस काट्ने क्रममा लडेर गम्भीर घाइते भएका वीर बहादुरको चरिकोट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

पाँचथर :  फिदिम नगरपालिका-१ ठाडो लाईन बस्ने बसन्त राईको २१ महिनाको छोरा अनमोल राईको आफ्नै घरको छतबाट लडेर बुधबार बिहान मृत्यु भएको छ । छतबाट लडेर गम्भीर घाइते भएका बालकको जिल्ला अस्पताल पाँचथरमा सामान्य उपचार पश्चात वीएण्डसी अस्पताल बिर्तामोड लगि थप उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहिबार  ३ : २३ बजे